100.The Chargers

  1. ती घोडाहरूको कसम जो तीव्र गतिले हाफ्दै दगुर्छन् ।
  2. अनि ढुङ्गामा नालको ठक्करबाट झिल्काहरू निकाल्नेवालाहरूको कसम ।
  3. अनि प्रातःको समय धावा बोल्नेहरूको कसम ।
  4. अनि जो त्यस समयमा धूलकणहरू उडाउँदछन् ।
  5. अनि त्यसबखत सेनाहरूभित्र पसी दिन्छन् ।
  6. निःसन्देह मानिस आफ्नो पालनकर्ताको बडो अकृतज्ञ छ ।
  7. र निश्चय नै ऊ स्वयम् पनि यस ऊपर साक्षी छ ।
  8. त्यो धनको मोहमा बडो दृढ छ ।
  9. के त्यसले त्यस समयलाई जान्दैन जब चिहानमा जे छन्, उनीहरू बाहिर निकालिनेछन् ।
  10. र जुन (रहस्य) हृदयहरूमा छन्, ती प्रकट गरिनेछन् ।
  11. निःसन्देह उनको पालनकर्ताले त्यसदिन उनको अवस्थासँग राम्ररी परिचित हुनेछ ।