101.The Calamity

  1. (त्यो) खडखडाउने चर्को स्वर गर्नेवाला ।
  2. खडखडाउने के हो
  3. र तिमीलाई के थाहा कि त्यो खडखडाई दिने के हो
  4. जुन दिन मानिसहरू यस्ता हुन्छन् जस्तो कि छरिएका भुसुनाहरू ।
  5. र पहाडहरू धुनिएका रुङ्ग विरङ्गका ऊन, जस्ता हुनेछन् ।
  6. फेरि जसका (कर्महरूको) वजन गरुङ्गो हुनेछ
  7. ऊ त इच्छित आरामको जिन्दगीमा हुनेछन् ।
  8. र जसको वजन हलका हुनेछन्
  9. उनीहरूको फर्केर जाने ठाउँ ‘‘हाविया’’ (गहिरो खाल्डो) हो ।
  10. र तिमीलाई के थाहा कि ‘‘हाविया’’ के हो
  11. (त्यो) प्रज्वलित आगो हो ।