104.The Traducer

  1. बर्बादी छ, त्यस्तो प्रत्येक मानिसको जो अर्काको अवगुण खोज्ने गर्दछ र चुकुली गरिरहन्छ ।
  2. जसले मालसम्पत्ति थुपार्दै जान्छ र त्यसलाई गन्दै राख्छ ।
  3. उसले ठान्छ कि उसको सम्पत्ति उससँग सधैं रहनेछ ।
  4. कदापि होइन, यो त अवश्य टुक्रा–टुक्रा पारिदिने आगोमा फ्याँकिनेछ ।
  5. र तिमीलाई के थाह कि यस्तो (आगो) हुत्मा के हो
  6. त्यो अल्लाहद्वारा प्रज्वलित आगो हो ।
  7. जो छातीमाथि चढ्दै जानेछ ।
  8. र (त्यो आगो) उनीमाथि,सबै दिशाबाट बन्द हुन्छ ।
  9. ठूलाठूला स्तम्भहरूमा ।