105.The Elephant

  1. के तिमीले देखेनौ कि तिम्रो पालनकर्ताले हातीवालाहरूसँग के गर्यो
  2. के उसले उनीहरूको दुष्चक्रलाई व्यर्थ बनाइदिएन
  3. र उनीहरूमाथि समूहका समूह पंक्षीहरू पठाइदियो ।
  4. जो उनीहरूलाई माटो र पत्थरको डल्लाले हानिरहेका थिए ।
  5. जसले उनीहरूलाई चपाइको भुस जस्तो बनाइदिए ।