109.The Disbelievers

  1. (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) भनिदिनुस् कि हे काफिरहरू
  2. जुनलाई तिमीले पूज्दछौ, उनीहरूको म पूजा गर्दिनं ।
  3. र जसको उपासना म गर्दछु, उसको तिमीले उपासना गर्दैनौ ।
  4. र जसलाई तिमीले पूज्दछौ, तिनीहरुको म पूजा गर्नेवाला छैन।
  5. र न तिमी उसको उपासना गर्नेवाला छौ, जसको कि म उपासना गर्दछु ।
  6. तिम्रो निम्ति तिम्रो धर्म छ र मेरो निम्ति मेरो धर्म ।