114.Mankind

  1. तपाई भनिदिनुस् कि म मानिसहरूको पालनकर्ताको शरण माँग्दछु ।
  2. मानिसहरूको स्वामीको ।
  3. र मानिसहरूको उपास्यको (शरण) ।
  4. खराब विचार हाल्ने र (उक्साएर) पछि हटी जानेबाट ।
  5. जसले मानिसहरूको हृदयमा नराम्रो कर्मको संच्कार हाल्दछ ।
  6. त्यो चाहे जिन्नहरूमध्येबाट होस् वा मानिसहरूमध्येबाट ।