99.The Earthquake

  1. जब धरती पूर्णरूपले (भूकम्पबाट) प्रकम्पित गराइहालिनेछ ।
  2. र पृथ्वीले आफ्नो (भित्रको) बोझ बाहिर निकालिदिनेछ ।
  3. मानिसले भन्न थाल्छ कि यसलाई के भएको छ
  4. त्यसदिन पृथ्वीले आफ्नो सबै कुराहरू वर्णन गर्नेछ ।
  5. यसकारण कि तिम्रो पालनकर्ताले उसलाई आदेश पठाएको हुनेछ ।
  6. त्यसदिन मानिसहरू समूह–समूह गरी फिर्ता आउनेछन् ताकि उनीलाई उनको कर्मपत्री देखाइदिइयोस् ।
  7. अतः जसले अलिकति पनि नेकी(पुण्य) गरेको हुनेछ, उसले त्यसलाई देखिहाल्नेछ ।
  8. र जसले अलिकति पनि नराम्रो काम गरेको हुनेछ, उसले त्यसलाई देखिहाल्नेछ ।